Chauthoanga - Nepali News Media
दुर्घटना कम गर्न दाङमा सवारी साधनलाई ‘टाईम कार्ड’ लागु गरिदै

दाङः दाङमा सवारी दुर्घटना बढ्न थालेपछि सवारी साधनलाई टाइम कार्ड लागु गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसेर सवारी साधनमा टाइमकार्ड लागु गर्ने निर्णय गरेको हो । तिब्र गतिका कारण र्दुघटनाबाट मानबिय क्षेति बढ्न थालेपछि टाइम कार्ड लागु गर्न थालिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबदीले जानकारी दिनुभयो । टाईम कार्डको मापदण्ड के राख्ने, कति समय राख्ने भन्ने बिषयमा सरोकारवालाहरुको बैठकबाट निश्र्कषमा पुग्ने उहाँले बताउनुभयो ।

राजर्मागमा गुड्ने सवारी साधन तथा यात्रुको सुरक्षाका लागी प्रहरी चेकजाँचमा कडाई  भने शुरु भइसकेको छ । बैठकमा सडक सुरक्षा चुस्त बनाउन राजमार्ग क्षेत्रमा बिभिन्न कारणले हुने सडक अबरोधहरु तत्काल हटाउन सकृया देखाउने लगाएतका निर्णय भएको छ । बैठकमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी राम बहादुर केसीले र्दुघटनाबाट हुने मानबिय क्षेति न्युनिकरणका लागि प्रहरीले चेकजाचलाई थप ब्यबस्थित बनाउने बताउनुभयो ।

यातायात ब्यवसायिले पनि जिल्ला सुरक्षा समितिको निणर्यलाई सकारात्मक रुपमा लिएका छन् । सवारी दुर्घटना न्युनिकरणको विषयमा स्थानिय जनप्रतिनिधिबाट पनि पहल हुनपर्ने मत राखेका छन् । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको