Chauthoanga - Nepali News Media
काेशी प्रदेशलाइ ११ रनले हराउदै एपीएफले जित्याे प्रधानमन्त्री कपकाे उपाधि

काठमाण्डाैः सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ ।  बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे ।

एपीएफले दिएकाे १ सय १५ रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्याे । काेशीका लागि  कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायाे । एपीएफका लागि इन्दु बर्माले ५३ रन बनाइन् । बलिङतर्फ काेशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । यस्तै एलिशा खडियाले २ विकेट लिइन् ।

यसैबीच नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्न्यास लिएकी छिन् । काेशीलाई हराउँदै आफू आबद्ध एपीएफले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताकाे उपाधि जितेसँगै उनले सन्न्यास लिएका हुन् । ज्याेति पाण्डेले १७ टी–२० अन्तर्राष्ट्रिय खेलमा २ सय १० रन बनाएकी छिन् । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको