Chauthoanga - Nepali News Media
शिवराजको हत्या आरोपमा श्रीमान–श्रीमतीसहित चार जना सार्बजनिक

दाङः दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङभित्र मृत फेला परेका शिवराज केसीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमान, श्रीमतीसहित चार जनालाई पक्राउ गरेर सार्बजनिक गरेको छ ।प्रारम्भिक अनुसन्धान अनुसार मृतक केसीको दीपासँगको अनैतिक सम्बन्धका कारण हत्या गरिएको खुल्न आएको छ ।

गोली हानेर हत्या भएको अवस्थामा कोइलाखानीको सुरूङभित्र पुस १३ गते ४५ वर्षीय शिवराज केसीको शव फेला परेको थियो । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका-४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुन, भरूवा बन्दुक दिने मेघबहादुर कुवर मगर व्यक्ति रहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताउनुभयो ।

मेघराज कुँवरको घरबाट बन्दुक एक नाल, बन्दुकमा प्रयोग हुने छर्रा १०८ थान, गोलाकार ठूला दुई थान गोली, लाम्चाकार ठूला गोली ३९ थान, बारुद ७५ ग्राम, केप ५ थान र हरियो सुती कपडाको लत्ता एक थान बरामद गरी मेघराजलाईसमेत पक्राउ गरेको थियो। पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको