Chauthoanga - Nepali News Media
नेकपा माओबादी केन्द्रका नेता स्वर्गिय तिवारीको श्रद्धान्जलीसभा सम्पन्न ,प्राप्त उपलब्धिकाे रक्षाका लागि गणतन्त्रवादी शक्तिहरु एकजुटहुनुपर्छ : नेता आचार्य

दाङ- नेकपा माओबादी केन्द्रका नेता घोराही उपमहानगरपालिका वडा नं. १ माले निवासी स्वर्गिय दिलबहादुर तिवारीको १३ औं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) घोराही उपमहानगरपालिका वडा नं. १ को आयोजनामा श्रद्धाञ्जलीसभा गरिएको हो । वडा पार्टी अध्यक्ष भिमसेन बुढाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङका इन्चार्ज निर्मल आचार्यका प्रमुख आतिथ्यता एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) दाङका संयोजक तुलसीराम पुन (सुवास)को विशष्टि आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

श्रद्धान्जलीसभाका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज आचार्यले जनयुद्धको स्थापनाकालदेखि माले गाउँ र माओवादीको सम्वन्ध चर्चा गर्नुभयो । तत्कालिन समयमा माओवादीको एक विशेष थलोको रुपमा रहेकाले माओवादी र माले गाउँ अझै पनि हरेक दृष्टिकोणले समदुरीमै रहेको उहाँको भनाई थियो ।

माले गाउँमा २०५५ सालमा दाङ, सल्यान र प्यूठान जिल्लाको संयुक्त बैठक समेत भएकाले माओवादी र माले गाउँ माओवादीहरुले विशेष तवरतरिकाले स्मरण गर्ने गरेको बताउदै स्वर्गिय दिलबहादुरको अगुवाईमा पार्टी संगठनको विकास मात्रै नभई दुर्गम माले गाउँ सुगम बन्दै गइरहेको उहाँको भनाई थियो । जसलाई अझ केहीहदसम्म अझै पूर्णता दिन वाँकी रहेको पनि उहाँको भनाई थियो । प्रमुख अतिथि आचार्यले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानल अझ माओवादी र माले गाउँको सम्वन्धलाई प्रगाढ बनाएको उहाँको भनाई थियो ।

सो कार्यक्रममा एक फरक प्रसंगमा बोल्दै नेता आचार्यले सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने बताउनु भएको छ । उहाले हजारौँको वलिदानी,संघर्ष र आन्दोलनबाट आएको परिवर्तनलाई उल्टाउने सपना देख्नेहरुले गणतन्त्रको विरुद्धमा  वारम्वार प्रहार गरिरहेको बताउनु भयो ।  केन्द्रीय सदस्य आचार्यले भन्नुभयो,' गणतन्त्रको रक्षा ,प्राप्त उपलब्धिको रक्षाका निमित्त सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु एकहुनुको विकल्प छैन।' माओबादी केन्द्र नेतृत्वको वर्तमान सरकाले प्राप्त उपलब्धिको रक्षा गर्दै देशमा शुसासन,समवृद्धिको अभियानलाई आत्मसाथ गर्दे अघि वढेको समेत बताउनुभयो । 

409985984_6919910498101000_4802032716325133536_n1704638129.jpg

कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र दाङका संयोजक तुलसीराम पुन (सुवास)ले माले उपमहानगरपालिकाभित्रको दुर्गम गाउँ अर्थात हरेक कुराले पछि परेको गाउँ रहेकाले मालेगाउँ र माओवादीको सम्वन्ध अविच्छिन रुपमा जोडिदै आइरहेको बताउनुभयो । माओवादीको आन्दोलन र लक्ष्य पनि दुर्गम र दुखीको उत्थान रहेकाले माले गाउँ र माओवादी त्यहि अभियानमा जनयुद्ध स्थापनाकाल देखि नै जोडिदै आइरहेको बताउनुभयो । 

410931168_5930545550404058_7817907809687953654_n1704638161.jpg

कार्यक्रममा केन्द्रिय जनसस्कृतिक बिभाग सदस्य राम प्रसाद जैसी , नेकपाका केन्द्रिय सदस्य यमलाल पुजाली , नेकपा माओवादी केन्द्रकी लुम्विनी प्रदेश सदस्य प्रमिता चौधरी ,नगर सचीव  भागिदास थारु ,प्रेस सेन्टरका केन्द्रिय सदस्य  पुरण शर्मा, वाईसिएल नेपालका घोराही नगरका  अध्यक्ष कुशल बुढा र परिवारबाट  दिल बहादुर खत्री लगातका को श्रद्धाञ्जली मन्तब्य राख्नुभएको थियो । श्रद्धान्जलीसभाको सहजीकरण लेखा राणाले गर्नुभएको थियो ।


 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको