Chauthoanga - Nepali News Media
जनयुद्धकालकाे  सेल्टरमा मन्त्री मास्की

दाङ -  लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की राप्ती गाउँपालिकाको विकट क्षेत्र करंगे गाउँमा पुग्नु भएको छ । त्यहाँका समस्या बुझ्न पुगेको मन्त्री मास्कीले बताउनुभयो । जहाँ सडकको समस्या रहेकाले त्यसलाई समाधान गर्ने मन्त्री मास्कीले प्रतिबद्धता पनि जनाउनुभयो । करंगे गाउँमा जनयुद्धको समयमा आफूले आधार क्षेत्र बनाएर बसेको भन्दै त्यो एतिहासिक भएकाले त्यहाँको विकासको अबस्था बुझ्न र आबश्यक विकासकालागि काम गर्नकालागि त्यहाँ पुगेको बताउनुभयो ।“जनयुद्धमा म बसेको ठाउँको अवस्था हेर्न यहाँ पुगेँ”,उहाँले भन्नुभयो“यहाँको विकासकालागि म भूमिका खेल्छु ।”  
 
२०५४ सालमा तत्कालिन स्क्वाई कमाण्डर भएको बेला एक बर्ष त्यो गाउँमा पुगेको उहाँको भनाई छ । सोही ठाउँमा विगत भन्दा विकसित भएको समेत मन्त्री मास्कीले बताउनुभयो । तत्कालिन अबस्थामा सडक समेत नगएको, पानीको पनि उत्तिकै समस्या रहेको थियो । त्यस्तै उपचारकालागि बजार नै पुग्नु पथ्र्यो । तर, अहिले ति सबै सुविधा पुगेको उहाँले बताउनुभयो । 

अब सडकलाई स्तरबृद्धि गर्न आबश्यक रहेकाले त्यसमा पहल लिने मन्त्री मास्कीले बताउनुभयो । साथै सोही स्थानलाई पर्यटनको केन्द्र पनि बनाउन सकिने तथा होमस्टेको रुपमा पनि विकास गर्न सकिने मन्त्री मास्कीको भनाई छ । त्यति गर्न सकिएमा त्यहाँको जीवनस्तर बृद्धि गर्न सकिने उहाँले बताउनुभयो । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टसहितको टोली सोही ठाउँ पुगेको हो ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको