Chauthoanga - Nepali News Media
१९ वर्षमुनिको विश्व कप क्रिकेटः नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाण्डाैः दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । यसअघि भएका दुईवटा खेलमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएकाे थियो । पहिलाे खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएकाे थियाे । 

अफगानिस्तानले पनि यसअघि भएका दुवै खेलमा हार ब्यहाेरेकाे छ । आजको खेल जितेमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना छ । प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । प्रतियाेगिता यही माघ २८ गतेसम्म चल्नेछ ।  नेपाल प्रतियोगिताको समूह 'डी' मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । 

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको