Chauthoanga - Nepali News Media
नेपाली क्रिकेटरको श्रेणी वर्गीकरण सार्वजनिकः ६ जनाले मासिक एक लाख रुपैयाँ तलब पाउने

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण सार्वजनिक गरेको छ । यही फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राखेको क्यानले जनाएको छ ।

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ जनाले मासिक एक लाख रुपैयाँ तलब पाउनेछन् । यस्तै पुरुषतर्फ ‘बी’ श्रेणीका ६ जनाले ७० हजार, ‘सी’ श्रेणीका ४ जनाले ५५ हजार, ‘डी’ श्रेणीका ७ जनाले ३५ हजार र उदीयमान श्रेणीमा पर्ने ७ जनाले २५ हजार रुपैयाँ तलब पाउनेछन् ।

यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर गरी ३ जनाले मासिक ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ । यस्तै ‘बी’ श्रेणीमा परेकी एकमात्र खेलाडी कविता कुँवरले ३५ हजार, ‘सी’ श्रेणीमा परेका पूजा महतो र अश्मिना कर्माचार्यले ३० हजार, ‘डी’ श्रेणीका ४ जनाले २५ हजार तथा उदीयमान श्रेणीमा परेका ८ जनाले २० हजार रुपैयाँ पाउनेछन् ।

फागुन १२ र १४ गते बसेको नेपाल क्रिकेट संघको बैठकले गरेका  निर्णयहरुः

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको