Chauthoanga - Nepali News Media
मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री मास्की

दाङ- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मगर एकता दिवसको शुभकामना दिनुभएको छ । आज  ४२ औं एकता दिवसका अवसरमा  एक विज्ञप्ति जारी गरि मन्त्री मास्कीले  विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु अहिलेको आबश्यकता रहेको बताउनुभयो ।

दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता,भाइचारा,बनधुत्व,सद्भाव र सहिष्णुताको साथै मगर एकता सधै कायम राख्ने उद्देश्य बोकेर अगाडी बढेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो  ।

मगर जातिको जातीय भूमि,भाषा,मौलिक संस्कार,कला,संस्कृति छन् । त्यसलाई संरक्षण गर्नु नयाँ पुस्ताको दायित्व रहेको मन्त्री मास्कीले बताउनुभयो ।  कला,संस्कार,संस्कार,संस्कृति गहना रहेको भन्दै त्यसले पर्यटक भित्र्याउने समेत बताउनुभयो  ।

430163854_362694956606052_5861967779665335346_n.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको