Chauthoanga - Nepali News Media
अधिकार माग गर्दै स्वर्गद्वारी गुठीका मोही किसानद्वारा खालीखुट्टै मार्चपास

दाङ - स्वर्गद्वारी गुठीका मोही किसानले आज दाङको घोराहीमा खालीखुट्टै मार्चपास गरेका छन् । मोही अधिकार माग गर्दै फागुन ८ गते रातिदेखि जिल्ला प्रशासन कार्यालय दाङको गेटअगाडि धर्ना दिइरहेका उनीहरू जिल्ला प्रशासन कार्यालयदेखि बजार परिक्रमा गरी फेरि प्रशासन कार्यालयको गेटअगाडि आयर धर्नालाई निरन्तरता दिएका छन् । एक सातासम्म जिल्ला प्रशासन कार्यालयअगाडि २४ घण्टे धर्ना दिादा पनि सरकारले माग सम्बोधन नगरेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो ।  माग पूरा नहुादासम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो । 

स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम छ । सुरुमा २ सय ८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाँ घर टुक्रादै जाँदा ३ हजार ५ घरधुरी पुगेका छन् । जसमा १५ हजारभन्दा बढी सदस्य आश्रित छन् ।

२०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनी परमादेश जारी गरेको थियो । त्यसपछि मोही किसान जग्गाको अधिकार पाउनबाट वञ्चित भएका हुन् ।

न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादि कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नू/नगराउनू भन्ने आदेश गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको