Chauthoanga - Nepali News Media
टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाः आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डौ – टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो  खेलमा आज बुधबा। नेपाल र नेदरल्यान्ड्स बिच खेल हुदै छ । खेल किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

यसअघि लिग–२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो  । यस्तै लिग-२ मा नेपाल र नेदरल्यान्ड्सबीच भएकाे खेलमा दुवै टाेलीले एक/एक खेल जितेका थिए । 

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको