Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेश सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज सम्बोधन गर्नुहुने

दाङ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने प्रदेश सचिवालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक हिजो  ५ मिनेट १७ सेकेन्डमा सकिएको थियो ।लामो समयपछि हिजो बसेको तेस्रो अधिवेशनको पहिलो बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले विवादरहित बनाउन छोटो गराइएको बताइएको छ  ।

हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलको तर्फबाट बोल्ने कार्यक्रम पछि राख्ने सहमति भएसँगै पहिलो बैठकको समय छोटो भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताउनु भयो ।

प्रदेश सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयक लगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको