Chauthoanga - Nepali News Media
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि नेदरल्यान्ड्सलाईः नेपाल  ४ विकेटले पराजित

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधी नेदरल्यान्ड्सले जितेको छ । फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए । 

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायाे । नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान राेहित पाैडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिए ।

त्रिदेशीय शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी थिए । नेदरल्यान्ड्स शीर्ष र नेपाल दाेस्राे स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको