Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेश सरकारले स्थगत गर्यो लौरेट्स एण्ड लिडर शिखर सम्मेलन 

दाङ, - लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको लौरेट्स एण्ड लिडर(शिखर सम्मेलन) स्थगित गरेको छ । बुद्धभूमी लुम्बिनीमा यही फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर(शिखर सम्मेलन) विशेष कारणले स्थगित गरिएको लुम्बिनी प्रदेश सरकारले बताएको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको आज बसेको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिनुभयो ।

तयारी अन्तिम चरणमा पुगेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको प्रवक्ता सन्तोष कुमार पाण्डेले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको