Chauthoanga - Nepali News Media
आउँदाे जुनमा हुने टी–२० विश्वकपकाे तयारी गर्न सरकारले क्यानलाई ५ कराेड रुपैयाँ दियाे

काठमाण्डाै – सरकारले टी–२० विश्वकपकाे तयारी गर्न नेपाल क्रिकेट संघलाइ ५ करोड रुपैया दिएको छ । आउँदाे जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गर्न सरकारले क्यानलाई उक्त रकम छुट्यनएको हो ।

क्यानले आज सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी गराएको छ  । याे ऐतिहासिक कदम भएकाे भन्दै क्यानले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रति आभार व्यक्त गरेकाे छ । सरकार र राखेपकाे यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानकाे विश्वास छ ।

टी–२० विश्वकपमा नेपाल समूह 'डी' मा छ । याे समूहमा नेपालसँगै बङ्गलादेश, दक्षिण अफ्रिका, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेकाे हाे ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको