Chauthoanga - Nepali News Media
एसइई परीक्षा वैशाख ९ देखि, तालिका बिहीबार आउने
thumb.jpg

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई)ले आगामी वर्षको वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।


स्थानीय तहको चुनावलाई ध्यानमा राखेर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

उनका अनुसार कोरोना भाइरस महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागिएको हो ।

‘कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने अवस्था आउन सक्छ’, उनले भने, ‘यसर्थ, परीक्षा वैशाख ९ बाट सञ्चालन हुन लागेको हो ।’

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बताइएको छ

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको