Chauthoanga - Nepali News Media
बंगलाचुलीमा ‘एक घर, एक धाराे’ कार्यक्रमलाई बजेट व्यवस्था गर्ने अर्थमन्त्री पुनकाे प्रतिबद्धता

काठमाण्डाेैं - नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले दाङकाे बंगलाचुली गाउँपालिकाले सञ्चालन गरेकाे ‘एक घर, एक धाराे’ कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अर्थमन्त्री नियुक्त भएपछि उहाँकै कार्यकक्षमा बधाई ज्ञापनका लागि पुग्नुभएका माओवादीका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारू र माओवादी केन्द्र दाङका जिल्ला संयाेजक एवम् बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनसमक्ष अर्थमन्त्री पुनले दाङकाे समग्र विकासकाे बारे छलफल गर्नुभएको थियाे ।

उहाँले बंगलाचुली गाउँपालिकाले सञ्चालन गरेकाे ‘एक घर, एक धाराे’ लगाय लुम्बिनी प्रदेशको समग्र विकास, हुलाकी सडक, बड्कापथ सिचाई योजना, राप्ती नदीको तत्बन्धनको लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । भेटघाटमा पूर्वसभामुख एवम् प्रभावशाली माओवादी नेतृ ओनसरी घर्ती पनि सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको