Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा नमुना गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न  

कमिरेचौर - बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले युवा समाज परिवर्तनको संवाहक भएको बताउनु भएको छ । हरेक युवाहरुले आफुमा सकारात्मक सोचको विकास गर्दै आफ्नो परिवार,समाज र सिङ्गोराष्ट्रका लागि योगदान दिनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय युवामा देशप्रतिको मायाँ हराउँदै गएको बताउँदै अध्यक्ष पुनले युवाहरुले राजनीतिलाई नजिकबाट वुझ्नुपर्ने बताउनुभयो ।  

दाङको बंगलाचुली गाउँपालिकामा संचालित चारदिने नमुना युवा सांसद अभ्यास कार्यक्रम अन्तर्गत नमुना गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको आज समापन अवसरमा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष पुनले राजनीति गर्ने व्यक्तिहरुलाई समाजले विभिन्न ढङ्गबाट बुझ्नेगरेको बताउँदै राजनीतिकै कारण समाज सहि दिशामामा हिँडेको जिकिर गर्नुभयो । अध्यक्ष पुनले नितीको पनि निती राजनीति रहेको र राजनीति विनाको समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो ।  

कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले युवाहरु सचेत बनेको अवस्थामा सिङ्गोसमाज सचेत हुने बताउनुभयो । उहाँले समाजलाई परिवर्तनको बाटोमा लैजाने शक्ति भनेको युवाहरु भएको उल्लेख गर्नुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका उपाध्यक्ष जिसीले युवाले राजनीति र समाजलाई वुझ्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राजनिति र समाजलाई बुझ्न सक्ने युवालेमत्रै देशलाई केही दिन सक्ने बताउनुभयो । 

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नम्मवर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा , निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, प्रशिक्षक इन्दिरा पुरी,तालिमका सहभागी अन्जली रोकालगाएतले बोल्नुभएको थियो । 

बङ्गलाचुली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ओमप्रकाश केसीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको थियो । तालिमको प्रशिक्षकहरुमा इन्दिरा पुरी र तुलसीराम न्यौपाने रहनुभएको थियो ।तालिम समापन कार्यक्रमको संचालन बंगलाचुली गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख कल्पना केसीले गर्नुभएको थियो । तालिममा बंगलाचुली गाउँपालिकाका ८ वटै वडाबाट आएका युवा युवतीहरुको सहभागिता रहेको थियो । 

यसैविच तालिममा सहभागि युवाहरुले गाउँपालिकामा नमुना गाउँसभाको अभ्यास समेत गरेका थिए ।उनिहरुले गाउँसभाकै झल्को दिनेगरी गाउँसभाको सम्पूर्ण प्रक्रियाहरु पुरागरेका थिए । तालिमका सहभागिहरुले तालिमबाट राजनीतिलाई नजिकबाट बुझ्ने मौका पाएको भन्दै खुसी समेत व्यक्त गरेका थिए । 

431170043_1116123852912614_4917689683118630764_n1710331461.jpg
यसैविच युवाहरुको भेलाले अन्जली रोका मगरको अध्यक्षतामा २७ सदस्यिय बंगलाचुली गाउँपालिका स्तरिय युवा क्लव गठन गरिएको छ । जसको उपाध्यक्षमा तारा विक,सचिवमा थम्मन परियार, सह-सचिवमा हिमाल परियार,हिमा घर्ती,कोषाअध्यक्षमा अस्मी महरा, कार्यकारी सदस्यहरुमा योजना दर्लामी मगर,दिनेश थापा र टिकाराम थापामगर रहनुभएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको