Chauthoanga - Nepali News Media
उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गयो

उदयपुर- उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको जीप उदयपुरकाे मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा परि एक बच्चा, तीन पुरुष र तीन महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ  ।
को १ ज २५९३ नम्बरको जीप दिउँसो साढे १ बजेतिर उदयपुरको बेलका नगरपालिका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका सात जनाको अहिले धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको  परिचय खुल्न नखुलेको बताउनुभयो । जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको