Chauthoanga - Nepali News Media
सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल  र आधारहीन सन्देशहरू प्रचार प्रसार भए कार्वाही गर्न सिडियोहरुलाई गृहको निर्देशन

काठमाडौँ - गृह मन्त्रालयले मर्यादा र साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन समाचार पोर्टललाई कारबाही गर्ने गरी सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ ।

गृहसचिव एकनारायण अर्यालले आज उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको निर्णय बमोजिम सबै प्रमुख जिल्ला अधिकारीलाई पठाएको निर्देशनमा अनलाइन न्युज पोर्टल, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल  र आधारहीन सन्देशहरू प्रचार प्रसार भए प्रचलित कानुन बमोजिम कारबाही गरी विवरण सार्वजनिक गर्न भनिएको छ ।

 

nirdeshan-images-51711023892.jpg

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको