Chauthoanga - Nepali News Media
अन्तराष्ट्रिय टी-२० श्रृङ्खला आजबाट सुरु हुदै

काठमाडौं- नेपाल राष्ट्रिय पुरुष टोली र आयरल्याण्ड ए विचको अन्तराष्ट्रिय टी-२० श्रृङ्खला आजबाट सुरु हुदैछ । त्रिवि क्रिकेट मैदानमा आज नेपालले आयरल्याण्ड संग भिड्ने छ । 

श्रृङ्खलाको दोस्रो खेल भोली हुनेछ । त्यसपछी आयरल्याण्डको ए टोलीले नेपालको ए टिमसँग टी-२० र एक दिवसिय श्रृङ्खला खेल्ने तालिका रहेको छ । समग्रमा टेस्ट राष्ट्र आयरल्याण्डको ए टोलीले नेपालमा ८ खेल खेल्नेछ ।

नेपालको नेतृत्व रोहित कुमार पौड्यालले गर्नेछन् । क्यानले घोषणा गरेको नेपाल ‘ए’ टी–२० को टोलीमा भने विनोद भण्डारीको कप्तानीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, लगायत रहेका छन् । आइसिसि टी-२० विश्वकप अघि नेपालले यस खेललाई तयारीका रुपमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको