Chauthoanga - Nepali News Media
नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ - टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठुलो लक्ष्य दिएको छ । टस जिती ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रोटी-२० क्रिकेटमा  नेपालका लागि गुलसन झाले ४६ रनको योगदान गरे । कुशल मल्लले ३४ रन जोडे । कप्तान रोहित पौडेलले पनि ३३ रन बनाए । ओपनर कुशल भुर्तेलले टोलीको खातामा २५ रन थपे । अनिल साह १२ र ओपनर आसिफ शेख ११ रनमा आउट भए ।

सन्दीप जोराले २१ रन बनाए । विवेक यादव सात रनमा अविजित रहे । नेपालले अतिरिक्त रूपमा नौ रन पायो । आयरल्यान्ड ‘ए’ का बलर म्याथ्यु फोष्टरले तीन विकेट लिए । बेन ह्वाइटले दुई विकेट हात पारे । गाभिन होए र फियोन ह्यान्डले पनि एक-एक विकेट हात पारे ।  नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान असिफ नौ बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनलाई आयरल्यान्डका बलर म्याथ्यू फोष्टरले विकेटकिपर स्टेफन डोहेनीद्वारा क्याच गराएका थिए । २.५ ओभरमा आसिफ आउट हुँदा नेपालले ३४ रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल २५ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले १६ बलमा दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई आयरल्यान्डका बलर फोष्टरले गारेथ डेलानीद्वारा क्याच गराएका थिए । ४.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । 

नेपालले तेस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनिल ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै आउट भएका थिए । उनलाई आयरल्यान्डका बलर फियोन फिलिप ह्यान्डले विकेटकिपर डोहेनीद्वारा क्याच गराएका थिए । ६.५ ओभरमा अनिल आउट हुँदा नेपालले ५६ रन बनाएको थियो । 

नेपालले चौथो विकेटका रूपमा गुलसन झालाई गुमाएको थियो । उनी केवल चार रनका कारण अर्धशतक बनाउनबाट चुकेका थिए । गुलसन ४६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै केवल ३२ बलमा चार छक्का र एक चौका पनि हिर्काएका थिए । 

चौथो नम्बरमा क्रिज समाल्न आएका उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कप्तान निल रकद्वारा क्याच गराएका थिए । १३.५ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय २७ रन बनाएको थियो । कप्तान रोहित पौडेल र गुलसनले टोलीका लागि ७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

नेपालले पाँचौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । रोहित टोलीका लागि महत्त्वपूर्ण योगदान गर्दै पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले पेभेलियन फर्किनुअघि ३३ रन बनाएका थिए । 

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको