Chauthoanga - Nepali News Media
यात्रुवहाक जिप दुर्घटना ५ जनाकाे मृत्यु

काठमाडौं -  काठमाडौंबाट गोरखा तर्फ  जाँदै गरेको यात्रुवहाक ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ।

बा२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट  त्रिशूली नदीमा खसेको हो ।

ट्याक्सीमा रहेका पाँचै जनालाई नदीबाट  मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान हुन बाकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको