Chauthoanga - Nepali News Media
जब पोखराको सडकमा बस अनौठो तरिकाले दुर्घटना भयो ...............

पोखरा : काँस्की जिल्लाको पोखरामा अनौठो तरिकाले वस दुर्घटना भएको छ । सो दुर्घटनाको फोटो अहिले सबैतिर भाईरल भएको छ ।

दुर्घटनामा परि चालक र सहचालक गरी दुईजना घाईते छन् ।  दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते छन् ।

चालक टीकाराम विक बस रिजर्भ गरेका यात्रुलाई पुर्‍याएर फर्किंदै थिए।  बसमा उनीसँग सहचालक शालिकराम सुवेदी पनि थिए। ब्रेक फेल भएपछि बस पल्टिएन बरु ठिंग्रिंग ठडियो।

ग१ख ८६८० नम्बरको उक्त बसका चालक विक र सहचालक सुवेदी घाइते भए उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको