Chauthoanga - Nepali News Media
पेट्रोलकाे मुल्य  ४ रुपैयाँ बढ्यो

 काठमाडौं - नेपाल आयल निगमले पेट्रालको मूल्य ४ रुपैयाँ बढाएको छ । आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको हाे  ।

यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन ।आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।

यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको