Chauthoanga - Nepali News Media
लुम्बिनीमा मुख्यमन्त्री डिल्ली चौधरीले चैत २२ गते विश्वासको मत लिने

दाङ - लुम्बिनी प्रदेश सरकारले बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले २२ गते बिहीबार संसद् अधिवेशन  बोलाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशका  गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले  बिहीबार दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको जानकारी दिनुभयो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोही दिन विश्वासको मत लिनका लागि  अधिवेशन आह्वान गर्नुभएको हो ।  

केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिना भित्र अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । 

यता माओवादी , एमाले सहित दलहरू  पनि केन्द्रीय  समीकरण अनुसार माओवादीको नेतृत्वमा  सरकार  गठन   गर्ने  तयारी  गरेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको