Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने  भएको छ । मुख्यमन्त्री चौधरीका प्रेस संयोजग गोपाल शर्मा भट्टराईले विश्वासको मतलिने गरी तयारी भएको जानकारी दिनुभयो ।  नेपाली कांग्रेसका संसदीय दलका नेता चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

काग्रेस र माओबादी केन्द्रको गठबन्धन परिवर्त भए संगै माओवादीले  मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन फिर्ता लिए पछी मुख्यमन्त्री चौधरीलाई विश्वासको मत लिनु परेको हो ।  नेकपा माओवादी केन्द्रले फागुन २३ गते फिर्ता लिएको थियो । 

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बिहीबार दिउँसो ४ बजे प्रदेशसभाको चौथो अधिवेशन सुरु हुने र त्यसैमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यतालिका रहेको बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले आफ्नो पक्षमा विश्वासको मत जुटाउन साना दलहरुसँग छलफल जारी राख्नु भएको प्रेस संयोजक भट्टराईले जानकारी दिनुभयो  । 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको