Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा जोख बहादुर महरा मुख्यमन्त्री बन्ने पक्का

दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरा हुने पक्का भएको छ । 

नेता महराले बिहीबार प्रदेशमा सहभागी भएका दलहरूसँग सरकार निर्माण देखि सञ्चालन सम्मको सहमति पछि हस्ताक्षर सँगै नयाँ नेतृत्व चयन हुने पक्का भएको हो । 

उहाँले हालसम्म ५१ जनाको समर्थन जुटी सकेको दाबी गर्नुभयो  । महरा यसअघि झन्डै तीन महिनाका लागि अर्थमन्त्री बन्नु भएको थियो  । २०७९ पुस २७ गते एमालेका गिरी मुख्यमन्त्री बन्दा महरा अर्थमन्त्री हुनु हुनहुन्थ्यो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।

लुम्बिनीमा एमालेका २९, माओवादीको सभामुख सहित  ११, जनता समाजवादी पार्टीका ३ जना , नेकपा एकीकृत समाजवादी पार्टीका १ जना र स्वतन्त्र सांसद १  गरि नेकपा माओवादीका नेता  महराले मुख्यमन्त्री पदको दाबी गर्न लाग्नु भएको  माओवादी नेता तथा  लुम्बिनी प्रदेश माओवादीका सचेतक ईन्द्रजित चौधरी जानकारी दिनु भयो ।

सरकारमा सहभागी हुने दलहरू बीच ५ बुँदे सहमति समेत भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको