Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेश मुख्यमन्त्री र विनाविभागीय मन्त्रीले लिए शपथ

दाङ - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जाेखबहादुर महराले आइतबार पद तथा गाेपनियताकाे शपथ लिनुभएकाे छ ।  प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गाेपनियताकाे शपथ गराउनुभएकाे हाे । आज दिउँसो बुटवलस्थित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्रीकाे शपथपछि तीन जना विनाविभागीय  मन्त्रीलाई शपथ गराउनुभएकाे छ ।
नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी(जसपा) बाट एक गरी तीनजना मन्त्रीकाे  शपथ हुने भएकाे छ।
एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर बिनाविभागीय मन्त्री बन्नुभएकाे हाे। मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको