Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशका नवनियुक्त ७ मन्त्रीले लिए शपथ 

दाङ- लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले पत तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखको कार्यालय बुटवलमा मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो । 
मुख्यमन्त्री जोखबहादुर महराले आज नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको थियो । एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।
२३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री बन्नुभएको थियो ।
मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको