Chauthoanga - Nepali News Media
दाङमा स्थानिय तह निर्वाचन २०७९ को समीक्षा

दाङ  : संबाद समुह दाङको आयोजनामा आज स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरिएको छ ।बैशाख ३० गते सम्पन्न निर्वाचनका लागि निर्वाचन अघि, मतदान अवधि र मतदान देखि घोषणा सम्मको समयको समीक्षा गरिएको संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचन सँग सम्बन्धित बिभिन्न पक्षहरुको सहभागिता रहेको समीक्षा कार्यक्रममा नागरिकको तर्फबाट सहभागि नागरिक समाज दाङका संयोजक केबी मसालले मतदान केन्द्र छनौटलाई अबका दिनमा ध्यान दिनुपर्ने सुझाब दिनुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले विगतका भन्दा नागरिकको चेतनामा विकास भएको भएपनि यसपटकको अवस्था विश्लेषण गर्दा फरक पाइएको बताउनुभयो । दुर्गम स्थानका मतदान केन्द्रको मतपत्र कम बदर तर सुगम र शहर बजार क्षेत्रमा मतपत्र बढि बदर हुनुको कारणको खोजी गर्नुपर्ने केसीले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा खटिएका नियोकका मोहन प्रसाद धितालले मतदान स्थल तोक्दा हरेक दृष्टिकोणले सुरक्षित हुनुपर्ने बताउनुभयो । मौसम प्रतिकुलताका हुदा वखत होस् अथवा सुरक्षा वा अपाङ्ग तथा जेष्ठ नागरिकको सहज पहुँच हुनुपर्नेमा धितालको सुझाब थियो । यसपालिको स्थानीय तह निर्वाचनमा यी कुरालाई ध्यान दिन सकेको भए अझ राम्रो हुने थियो, धितालले बताउनुभयो ।

इन्सेकको तर्फबाट निर्वाचन पर्यवेक्षणमा खटिएकी अधिकारकर्मी लक्ष्मी आचार्यले मतपत्र छपाईमा ध्यान दिन सुझाब दिनुभयो । मतपत्र ठुलो आकार र अन्यौल हुने खालको भएका कारण मतदाता झुक्कीएको बताउनुभयो । उहाँले सुझाब दिदै भन्नुभयो, मतदान स्थलमा मतदाताको सहजताका लागि टाँगीएका मतदाता नम्बर र नामको अल्फाबेट समेत मेटी सकेका, झुत्रो अवस्थामा रहेका र मतदाता नम्बर नमिल्ने अवस्थामा रहेको थिए ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मतदान स्थल र मतगणना स्थलमा राजनीतिक दल बिच आ आफ्नै सहजतामा जोड दिने भएकाले पनि कहिँ कतै यसपटकको निर्वाचनमा त्रुटि हुन गएको हुन सक्ने बताउनुभयो । यस किसिमका त्रुटिलाई सुधार गर्नुपर्ने उहाँले बताउनुभयो । प्रकट गर्दै भन्नुभयो, गाँउ गाँउका मतदान स्थलका मतपत्र कम बदर हुनु तर बजार तथा शहरी क्षेत्रमा मतपत्र बढि बदर हुनु ।

प्रदेश निर्वाचन कार्यालय घोराहीका प्रमुख नारायण भण्डारीले अपाङ्गता तथा जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरूका लागि मतदानका लागि विशेष सहुलियतको ब्यवस्था गर्न सबै मतदान अधिकृतहरुलाई जानकारी गराईएको भएपनि कतै त्रुटि भए आगामी दिनमा सुधार गर्ने बताउनुभयो ।

यसपटकको अनभवले मतगणना सबैभन्दा झन्झटिलो भएकाले अव ईलेक्ट्रीक भोटिङ मेसिनको प्रयोग गर्ने नीतिको ब्यवस्था गरि लागु गर्नुपर्ने बताउनुभयो । यसका लागि सबै क्षेत्रबाट सम्बन्धि निकायमा ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संबादका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले संबादका सम्बन्धमा जानकारी र संवाद समूहका सदस्य सुशीला पौडेल, शिल्पा चौधरी, जानका रेग्मी लगायतले बिभिन्न सुझाब दिनुभएको थियो । सहजकर्ता सुष्मा गिरीले सहजीकरण गर्नुभएको कार्यक्रममा ,संबादका सदस्य निर्मल नेपालीले स्थानीय तह निर्वाचन अघि गरिएका क्रियाकलापको बारेमा प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको