Chauthoanga - Nepali News Media
नेकपा एमाले बंगलाचुली गाउँकमिटिद्वारा   विभिन्न माग राख्दै बंगलाचुली गाउँपालिका कार्यालयमा ज्ञापन पत्र पेस

कमिरेचौर :बंगलाचुली गाउँपालिकको सुशासन विकास र प्रगतिमा देखिएका समस्या समाधानका लागि भन्दै नेकपा एमाले बंगलाचुली गाउँकमिटिले गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नेकपा एमाले बंगलाचुली गाउँपार्टी अध्यक्ष पुष्पराज भण्डारीको अगुवाईमा बंगलाचुली गाउँपालिकामा ज्ञापन पत्र बुझाईएको हो ।   

ज्ञापन पत्र मार्फत बंगलाचुली गाउँपालिका अन्तर्गतको खानी तथा उद्योग सञ्चालन, शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार विकास, प्राकृतिक सम्पदा एव एतिहासिक स्थलको संरक्षण प्रबर्धन, सुशासन, खेलकुद तथा रोजगार जस्ता विषयमा देखिएका समस्या समाधान माग गरिएको छ ।

साथै गाउँपालिकामा रहेका सिमेन्ट खानीका कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुले वातावरण प्रदुषीत गरेको ,खानि संचालन गर्दा वन वातावरण र प्राकृतिक सुन्दर्ता र जैविक विविधतामा प्रत्यक्ष असर नआउने गरी बैकल्पिक बाटो मार्फत कच्चा पदार्थ ढुवानीको वातावरण तयार गर्न माग गरीएको छ ।

 त्यस्तै गाउँपालिकामा हल्का ढङ्गबाट खानि सञ्चालन गर्न सिफारिस वा स्विकृती प्रदान गरिएको भन्दै अव देखि नयाँ खानि सञ्चालको सिफारिस वा स्विकृत नदिन समेत गाउँपालिकालाई ध्यानाकर्षण गरेको छ ।   

यस्तै शिक्षा तर्फ विद्यालयमा योग्य प्रधानाध्यापक नियुक्ति, शिक्षकको नियमित उपस्थिति,  प्राथमिक विद्यालयमा सञ्चालन भइरहेको गुणस्तरयुक्त दिवाखाजा, गाउँपालिका अनुदान शिक्षकको व्यवस्था गर्दा लाइसेन्स प्राप्त शिक्षक,  विद्यालयमा विद्युतिय मेसिनद्वारा हाजिरी, शिक्षकलाइ पुरस्कृत र दण्डित गर्ने व्यवस्था र माध्यामिक तहसम्मको शिक्षा पुर्ण निशुल्क हुनुपर्ने माग राखेको छ ।

ज्ञापन पत्रमार्फत स्वाथ्य, कृषि भौतिक पुर्वाधार, विद्युतीकरण क्षेत्रका  अधुरो काम, सिचाइको व्यवस्था सहित कृषिमा व्यावसायिकरण तथा आधुनिकिकरण  गरिनुपर्ने माग गरिएको छ । साथै  सार्वजनिक महत्वको विषयमा छलफल गर्दा सर्वपक्षिय भेला बैठकको आयोजना गरि साझा धारणा बनाएर अघि बढ्न सुझाव समेत दिइएको छ ।सो अवसरमा नेकपा एमालेका नेता गिर बहादुर कवर मगर, विष्णु अर्जेल, भिम बहादुर खत्री, हरि गोराथोकी लगाएतको सहभागिता रहेको थियो ।    

 

 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको