Chauthoanga - Nepali News Media
सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक गाडीको भाडा घटायो

काठमाण्डौः रकारले अन्तर प्रदेश चल्ने सार्वजनिक गाडीको भाडा घटाएको छ ।

नेपाल आयल निगमले हिजो डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि यात्रुवाहक र मालवाहक गाडीको भाडादर कम गरिएको हो ।

यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीमा यसअघि कायम भाडादरभन्दा ५ दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रुपैयाँ कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ ।

पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ७ दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गएको असार ६ मा भाडादर समायोजन गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको