Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको प्रवक्तामा शोभाराज विश्वकर्मा

दाङ :दाङको बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको प्रवक्तामा शोभाराज विश्वकर्मालाई तोकिएको छ ।

गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले विश्वकर्मालाई गाउँपालिकाको प्रवक्ता तोकेको हो ।

प्रवक्ता शोभाराज विश्वकर्मा बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष हुनुहुन्छ ।

विश्वकर्मा २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष भई एक कार्यकाल पुरागरी २०७८ सालको स्थानिय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि पनि वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँ शिक्षण पेशाबाट राजिनामा दिई २०७४ सालको स्थानियतह निर्वाचनमा भाग लिई वडा अध्यक्ष बन्नुभएको हो ।   

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  ०८:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको