Chauthoanga - Nepali News Media
ब्लड क्यान्सर पीडित डाँगीलाई ४६ हजार बढी आर्थिक सहयोग

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका ४ निबासी ब्लड क्यान्सर पीडित रोशन डाँर्गीलाई ४६ हजार २० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । युवा व्यवसायी बिक्रम डाँगी र सिस्ने अनलाइनकर्मी हिमाल महराको संयुक्त पहलमा उठेको उक्त रकम पीडित डाँगीको बैंक खातामा आज सोमबार जम्मा गरिएको हो ।

क्यान्सर पीडित डाँगीका लागि व्यवसायी डाँगी र अनलाइनकर्मी महराले संयुक्त रुपमा संचालन गरेको आर्थिक सहयोग अभियानमा टेकबहादुर थापाले रु २ हाजर, धनेश्वर भण्डारीले ३ हजार, धनबहादुर पुनले १ हजार, बिमला डाँगीले ६ हजार, मानबहादुर वलीले ५ हजार पाँच, पारश्वर डाँगीले ५ हजार पाँच, बिक्रम डाँगीले ५ हजार पाँच, केदारनाथ पौडेलले २ हजार, प्रेम रावतले ५ हजार, शिवा भण्डारीले ५ सय रुपैयाँ सहयोग गरेका हुन् ।

डाँगी विगत ३ वर्षदेखि ब्लड क्यान्सरको पीडित रहनुभएको छ । हाल उहाँको उपचार विपी कोइराल मेमरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ । निजको आर्थिक अवस्था निकै कम्जोर रहेकाले उपचारमा समस्या भइरहेको हुँदा उपचारलाई थप सहज बनाउन र पीडित डाँगीलाई बचाउन आर्थिक सहयोग गरिदिनुहुन पनि पीडित परिवारले सम्पूर्णमा अनुरोध गरेको छन् । ब्लड क्यान्सर पीडित डाँगीलाई सहयोग गर्न चाहने जो कुनै व्यक्तिले बिक्रम डाँगीको मोबाइल नम्बर ९८६९५९६५३०, हिमाल महराको मोबाइल नम्बर ९८४७८६०५८० मा सम्पर्क गर्न सकिने तथा सिधै सहयोग गर्न चाहनेले सिटिजन बैंकमा रहेको रोशन डाँगीको नाममा रहेको खाता नं. ०६७०१०००००६२००४१ मा सहयोग गर्न सकिने पीडित परिवारले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको