Chauthoanga - Nepali News Media
धनगढीमा युवकको शव फेला, हत्याको आशंका
dead_body.jpg

कैलालीको धनगढीमा एक युवकको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका–५ मा अन्दाजी ३५ वर्षका युवकको शव भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार नालीमा फालिएको अवस्थामा युवकको शव भेटिएको हो । मृतकको घाँटीमा चोटपटक देखिएको उनले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको