Chauthoanga - Nepali News Media
दाङका प्रहरी प्रमुख एसपी काफ्लेको सरुवा

दाङ : दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेको सरुवा भएको छ । दाङमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत एसपी वीरबहादुर ओली आउनु हुने भएको छ । काफ्लेलाई अपराध अनुसन्धान विद्यालय काठमाडौं सरुवा गरिएको छ ।  काफ्लेसहित नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडामा सरुवा भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरको प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौंमा सरुवा भएको छ भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसपी खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको