Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा नयाँ हाकिमलाई स्वागत निवर्तमान हाकिमलाई विदाई

कमिरेचौर : बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन (सुवास)ले नागरिक सेवाका लागि राष्ट्र सेवक कर्मचारीहरु नीति कार्यन्वयनमा पहिलो दायित्व रहेको बताउनुभएको छ । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत द्वय चन्द्रकान्त पौडेलको स्वागत तथा बिष्णुप्रसाद पाण्डेको बिदाई कार्यक्रममा यस्तो बताउनुभएको थियो ।

222222221663083076.jpg

गाउँपालिका अध्यक्ष पुनले बंगलाचुली भौगोलिक रुपमा दुर्गम भएपनि यहाँको नागरिकले सुगमताको सपना देख्दै आइरहेकाले बंगलाचुलीको मुहार फेर्न पालिकाले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गर्नका लागि कर्तव्यनिष्ठ बन्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । कर्मचारीहरुको मुख्य जिम्मेवारी एवं दायित्व नै नागरिक सेवा रहेकाले कतै केही तुष नदेखिने गरी जनताको सेवामा लाग्न अनुरोध गर्नु भयो ।  

chandraaaa1663083128.jpg

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले दुर्गमको विकासका लागि स्थानीय सरकारले जग हाल्ने काम गरिसकेकाले अब त्यसलाई पूर्णता दिने काम यसैपालीमा सक्नुपर्ने बताउनुभयो । जसले जनताको मुहारमा खुसी र दुर्गममा समृद्धि ल्याउने सक्ने भएकाले जनप्रतिनिधि र कर्मचारीहरुको दोहोरो सम्वन्ध र समन्वयले  जनताको दुर्गमको दुख फेर्न सक्ने उहाँको भनाई थियो ।

bbbbbbbbbbb1663083188.jpg

कार्यक्रममा सरुवा भई बंगलाचुली गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी समाल्न आउनुभएका चन्द्रकान्त पौडेलले बंगलाचुली विकास र समृद्धिका लागि कटिबद्ध भएर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

allll1663083158.jpg

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासको अध्यक्षतामा भएको कार्यक्रममा सरुवा भएर जानुलाग्नु भएका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पाण्डे, बंगलाचुली गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ वडाध्यक्ष शोभाराज विश्वकर्मा र वडा नं. ४ का वडाध्यक्ष डासबहादुर डाँगी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउँपालिका लेखा शाखा प्रमुख नारायण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गोपाल केसीले गर्नुभएको थियो ।

tttttt1663083206.jpg

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको