Chauthoanga - Nepali News Media
आज विश्व मुटु दिवस,  नेपालमा झण्डै २६ लाख मानिसमा मुटु रोग

काठमाण्डाै - आज विश्व मुटु दिवस, नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको हो । 

पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको चिकित्सकहरुको भनाई छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्कअनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टाेरोल छ ।

१० प्रतिशतलाई मधुमेह छ । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बँच्न सकिन्छ । यस्तै, सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने डाक्टरले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको