Chauthoanga - Nepali News Media
पाल्पामा मेला हेर्न गएका दुई युवा मृत भेटिए

पाल्पा –  पाल्पामा मेला हेर्न गएका दुई युवा मृत भेटिएका छन् । निस्दी गाउँपालिका २ का २१ वर्षीय वीरेन्द्र साेमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् । 

उनीहरू दुवै जना फूलपातीकाे रमाइलाे (मेला) हेर्न मित्याल गएको प्रहरीले जनाएकाे छ । दशैँ दिनसम्म घर नआएपछि उनीहरूकाे खाेजी भएकाेमा आज शव भेटिएकाे हाे । 

मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको