Chauthoanga - Nepali News Media
पाँच वटा प्रदेशबाट मनसुन बाहिरियो

काठमाण्डौ -  यस वर्षको मनसुन देशका पाँचवटा प्रदेशबाट पूर्णरुपमा बाहिरिएको छ । लुम्बिनी,सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।

यस्तै, मधेस प्रदेशको पश्चिमी भू–भागबाट पनि मनसुन बाहिरिएको छ । प्रदेश-१ र मधेस प्रदेशको बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने महाशाखाले जनाएको छ । यस वर्षको मनसुन जुन ५ अर्थात गएको जेठ २२ गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो ।

औसतमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको छ । प्रदेश-१ र मधेस प्रदेशको केही भागमा भने अझै केही दिन ढिला हुने देखिन्छ । ती ठाउँमा मनसुन सक्रिय रहे पनि ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको