Chauthoanga - Nepali News Media
दाङको तुलसीपुरमा दुई जना बालबालिकाको सामुहिक हत्या,शव गडिएको अवस्थामा फेला

दाङ, - दाङको तुलसीपुरमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब भेटिएको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।  
तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आर्चाय र १४ वर्षको रोशनी महतारालाई (आज) जंगलमा गाडिएको अवस्थामा फेला परेको डिएसपी मल्लले बताउनुभयो ।
दुवै जनाको शब एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन गरेपछि पहिचान खुलेको हो । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको