Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा सामाजिक सूरक्षा भत्ता सम्वन्धित वडा मार्फत वितरण गर्न सुरु

दाङ- दाङको बंगलाचुली गाउँपालिकाले सामाजिक सूरक्षा भत्ता सम्वन्धित वडाको केन्द्र मार्फत वितरण सुरु गरेको छ ।गाउँपालिकाले यसअघी बैँक मार्फत सामाजिक सूरक्षा भत्ता वितरण गर्दै आएको थियो ।

वयोवृद्धहरुलाई बैँकमा आएर सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ति भएकोहुँदा सम्वन्धित वडाबाट भत्ता वितरणको व्यवस्था गरिएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासले जानकारी दिनुभयो ।अध्यक्ष पुनले आफुहरुले चुनावी घोषणा पत्रमै सम्वन्धित वडामार्फत सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे अनुसार सोको कार्यान्वयन गरिएको बताउनुभयो ।

अव देखि बंगलाचुली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वुझ्नका लागि घण्टौँ हिडेर बैँकमा लाईनमा वस्नु पर्ने बाध्यता हटेको छ । गाउँपालिकाले वडा नम्वर एक बाट सामाजिक भत्ता वितरण सुरु गरी आज वडा नम्वर दुईमा पनि भत्ता वितरण गरिएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार पालैपालो सबै वडाहरुबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने छ । 

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि सम्बन्धित वडामा आउन सबैलाई अनुरोध गरेको छ । यसैविच गाउँपालिकाले वडामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेपछी सेवाग्राही हरु खुसी भएका छन् । उनिहरुले आफुहरुलाई बैँकमा सामाजिक सुरक्षा भत्ता लिन जाँदा निकै दुख हुने गरेकोमा अब वडा बाटै भत्ता पाउँदा सजिलो भएको भन्दै खुसी व्यक्त गरेका हुन् । बंगलाचुली गाउँपालिकाका कर्मचारी,वडा कार्यालयका कर्मचारी र सिटिजन्स् बैँक बंगलाचुली शाखाका कर्मचारीहरुको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य भईरहेको छ । 

वडा नम्वर एक बाट सुरु गरिएको भत्ता वितरणको दोस्रो दिन आज बंगलाचुली गाउँपालिका वडा नम्वर २ मा गरिएको छ । आज सम्म  ३ सय ४८ जना विभिन्न लाग्राहीरुलाई वडा केन्द्र बाटै भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा कार्यरत एम.आई.एस.ओ. कमल कवर मगर ले जानकारी दिनु भयो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको