Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाद्वारा वाढी तथा पहिरो पिडित परिवारलाई राहात प्रदान
मृतक परिवारलाई राहात दिँदै गाउँपालिका अध्यक्ष

दाङ- दाङको बंगलाचुली गाउँपालिकाले अविरल वर्षा पछी आएको वाढी तथा पहिरो पिडित परिवारलाई राहात दिन सुरुगरेको छ । पहिलो चरणमा मृतकका परिवार र घर भत्केर विस्तापित परिवारलाई राहात दिन सुरु गरेको हो । गाउँपालिकाले मृतकका परिवारलाई जनहि २५ हजार ,घाईते परिवारलाई ५ हजार ,अनि नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको राहात समग्री पिडित परिवारलाई दिईएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन ,उपाध्यक्ष भक्त बहादुर जिसी ,वडा नम्वर ६ का अध्यक्ष डोम बहादुर केसी,नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाका शभापती चुरामणी नेपाली लगाएतको उपस्थितीमा पिडीतहरुलाई राहात दिईएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले पिडित परिवारलाई जति सक्दो छिटो राहात दिनका लागि गाउँपालिका लागिपरेको बताउनु भयो । उहाँले प्रदेश,संघिय सरकार समक्ष गाउँपालिकाको क्षतिको विपरण पठाई सकेको हुँदा चाँडोभन्दा चाँडो राहात दिईने बताउनुभयो । गाउँपालिकाले वडा नम्वर ३,४,६ र ७ का पिडितहरुलाई राहात प्रदान गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको