Chauthoanga - Nepali News Media
मानव शरिरको महत्वपूर्ण अंङ्ग मध्यको एक कानको सुरक्षा गर्न सके सुस्तश्रवण हुनबाट बच्न सकिने गाउँपालिका अध्यक्ष पुनको भनाई

दाङ- बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले मानव शरिरको महत्वपूर्ण अंङ्ग मध्यको कानको सुरक्षा गर्न सके सुस्तश्रवण हुनबाट बच्न सकिने बताउनु भएको छ । मानव शरिरमा कानविनाको संसार कसैले पनि कल्पना गर्न नसकिने हुँदा कानको सुरक्षामा सबैले ध्यान पुराउन आवश्यक रहेको उहाँको भनाई छ ।
 बंगलाचुली गाउँपालिका स्वाथ्य शाखाको आयोजनामा आज कमिरेचौरमा भएको एक दिने कान शिवरको उद्धाटन समाहरोमा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनु भएको हो ।अध्यक्ष पुनले गाउँपालिकामा रहेका नागरिकलाई पालिकाले सबै प्रकारका स्वाथ्य सेवा दिने उद्देश्यले समय समयमा विभिन्न शिविरहरु संचालन गरेको  बताउनु भयो ।  
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले उहाँले नागरिको आवश्यकता र स्वास्थ्यमा आउने हरेक समस्या हलगर्न गाउँपालिका प्रतिवद्धरहेको बताउनु भयो । उहाँले जनताको सुख दुखको साथी स्थानिय सरकार रहेको भन्दै हरेक प्रकारको दुखमा गाउँपालिक जनताको सेवाका लागि गाउँपालिकाले भूमिका निभाउने बताउनु भयो । उहाँले नागरिकलाई सहज स्वास्थ्यसेवा पुराउनका लागि आफुहरु अहोरात्र खटीरहेको बताउनु भयो । 
बंगलाचुली गाउँपालिका स्वाथ्थय शाखाको आयोजना तथा व्रिटेन नेपाल सामुदायिक कान उपचार सेवा नेपालगंजको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षतामा शिवर उद्घाटन गरिएको हो ।  स्वास्थ्य शाखाको आयोजनामा सिविर संचालन गरिएको थियो ।शिविर बसिविर बंगलाचुलि गाउँपालिका अध्यक्ष  तुलसिराम पुन मगरको  अध्यक्षता  भएको  थियो ।

उक्त कार्यक्रममा गाउँपालिका उपाअध्यक्ष भक्त बहादुर जि.सि, बंगालाचुलि गाउँ कार्यपालिका प्रवक्ता एवं वडा ३ का वडा अध्यक्ष शोभाराम विश्वाकर्मा, बंगलाचुली अस्पतालका इन्चार्ज नेव बहादुर के. सि, डा. विकास घिमिरे, वरिष्ठ कान स्वास्थ्य अधिकृत राम बहादुर वोहरा, कान स्वास्थ्य प्राविधिक गोविन्द वोहरा, रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जिवन नेपाली लगाएतको उपस्थिति रहेको थियो । बंगलाचुली गाउँपालीका उपाअध्यक्ष भक्त बहादुर जि. सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बंगलाचुली स्वास्थ्य शाखा संयोजक इन्द्रा कुमारी घर्तिले गर्नुभएको थियो। 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको