Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाद्वारा दृष्टिबिहिनलाइ मोबाइल हस्तान्तरण

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले एकजना दृष्टिहिनलाइ मोबाइल फोन सेट प्रदान गरेको छ ।बंगलाचुली गाउँपालिका वडा नंम्वर ७ जेलबाङ निवासी दिपक सोती लाइ सामसुम एण्ड्रोयड मोबाइल फोन दिएको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासले उक्त मोबाइल सेट  सोतीलाई हस्तान्तरण गर्नुभएको हो ।

आफु दृष्टिबिहिन भए पनि अध्ययन गर्ने रुचि भएको र अध्यनका लागि स्तरिय फोन नभएको भन्दै गाउँपालिका समक्ष फोन उपलब्ध गराईदिन अनुरोध गरेपछी उहाँलाई पालिकाले फोन दिएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले जानकारी दिनुभयो । 

दृष्टीविहिन दिपक सोतिलाई  बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवास, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, लेखा शाखा प्रमुख नारायण आचार्य, योजना तथा जिन्सी शाखा प्रमुख नुमानन्द कालाथोकी लगायतको उपस्थितिमा मोबाइल हस्तान्तरण गरिएको हो ।

मोबाइल पाएपछि सोतिले आफुलाइ अध्ययनको लागि सहज हुने भन्दै बंगलाचुली गाउँपालिकालाइ धन्यावाद दिनुभयो । साथै गाउँपालिकाले आफुजस्तो आर्थिक अवस्था कमजोर भएको तथा दृष्टिविहनलाई थप हौसला दिएकोमा निकै खुसीलागेको समेत बताउनुभयो । 


 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको