Chauthoanga - Nepali News Media
बंगलाचुलीमा स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनेहरुको दर बढ्दै


कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिकामा स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनेहरुको दर विस्तारै बढ्दै गएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बंगलाचुली गाउँपालिकाको विभिन्न वडाहरुमा घरमै सुत्केरी गराउने गरेकोमा अहिले समयको विकास क्रमसंगै स्वास्थ्य संस्थामै आएर सुरक्षीत वच्चा जन्माउनेहरुको संख्या बढेको उनिहरुको भनाई छ ।

बंगलाची गाउँपालिकामा सुरुभएको दुईदिने स्वास्थ्यकर्मीहरुलाइ गर्भवती र सुत्केरी जाँच,आमा तथा नवजात शिशु सुरक्षा तथा अन्य निर्देशिकाहरुको दुईदिने अभिमुखीकरण कार्यक्रमका यस्तो जानकारी गराईएको हो । 
सो कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले नवजात शिसु र आमाहरुको स्वाथ्य सुरक्षाका लागि सबै स्वाथ्यकर्मिहरुले जिम्मेवार भएर योगदान दिनु पर्ने बताउनु भयो । 
साथै उहाँले गर्भवती महिलाको स्याहारसुसारमा परिवारको झनै ठुलो भूमिका हुने भएकोले पारिवारीक समझदारी पनि आवश्यक हुने बताउनु भयो । उपाध्यक्ष जीजिले  अझै पनि धेरै महिलाहरुले असुरक्षीत तरिकाले घरमै बच्चा जन्माउने गरेको हुदाँ यसलाई रोक्नका लागि सबैले आफ्नो ठाउँबाट जनचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो । 

कार्यक्रममा उहाँले आगामि दिनहरुमा स्वाथ्यसंस्थाहरुमै आएर बच्चा जन्माउने वातावरण तयार गर्नका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।  
 बंगलाचुली गाउँपालिका स्वाथ्य शाखा प्रमुख ईन्द्र कुमारी घर्तीका अनुसार बंगलाचुली गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा ३५ दशमलव १ ,२०७७/०७८ मा ७६ दशमलव ६ र आर्थिक वर्ष २०७८/०७९ मा ५४ दशमलव ५ प्रतिशत गर्भवती महिलाहरुले चारपटक स्वास्थ्य संस्था सम्मा पुगरेर गर्भाअवस्था जाँच गराएका छन् । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा ९६ दशमलव ६ ,२०७७/०७८ मा १२२ दशमलव ६ र आर्थिक वर्ष २०७८/०७९ मा ८१ दशमलव ६ प्रतिशत महिलाहरुले एकपटक मात्र गर्भ जाँच गराएका छन् । 
बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रम बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्सिङ निरिक्षक सिता कुवर सहजिकरण गर्नुभएको थियो । साथै कार्यक्रमको संचालन बंगलाचुली गाउँपालिका स्वाथ्य शाखा प्रमुख ईन्द्र कुमारी घर्तीले गर्नुभएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका विभिन्न स्वाथ्य संस्थामा कार्यरत अनमी तथा स्टाफ नर्सहरुको सहभागिता रहेको छ । 


 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको