Chauthoanga - Nepali News Media
दाङ जिल्ला सहित पश्चिम नेपालमा गयाे भुकम्प

काठमाण्डौ – नेपालको दाङ जिल्ला सहित  पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ । भूकम्पको क्षति बारे विवरण प्राप्त भइसकेको छैन । 

 ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताउनु भयाे । उहाका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताउनु भयाे ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको