Chauthoanga - Nepali News Media
गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्छु:डिआईजी राई

दाङ - लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । भरखरै सरुवा भएर प्रमुखका रुपमा तुलसीपुर आएका डिआईजी राईले गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बताउनु यभो  । साथै उहाँले कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।

अपराध नियन्त्रण गर्ने प्रमुख निकाय प्रहरी प्रशासन भएपनि त्यसका लागि सबैको सकारात्मक भूमिका हुनुपर्ने उहाँले बताउनु भयो । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने बताएका उनले प्रहरीलाई सुचना दिएर सघाउन आग्रह गर्नुभयो ।

त्यस्तै राईले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा निःशुल्क निवेदन लेख्ने प्रहरी अधिकारीको व्यवस्था गरिने बताउनु भयो । साथै उहाँले पत्रकार भेटघाट कार्यक्रममा रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको घटनाबारे अनुसन्धान गरि कानुनी कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आफूहरुको कार्यकाल ३० वर्षको भएपनि घटनामा संलग्न रहेका अपराधीलाई ३६ वर्षपछि पनि कानुनी दायरामा ल्याएको इतिहास रहेको बताउदै घटनामा संलग्न अपराधी उम्किन नसक्ने बताउनुभयो  ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको