Chauthoanga - Nepali News Media
प्रदेश स्तरिय घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनीको तयारी तीब्र

घोराही- यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी तीव्र पारिएको छ । नेपाल घरेलु तथा साना उदोग महासंघ दाङको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जनाएको छ । 
‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ हुने महोत्सवको तयारी तीव्र रुपमा भईरहेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

 महोत्सवको तयारी अन्तरगत मूल समिति र विभिन्न उपसमितिहरुले आ–आफ्नो तयारी गरिरहेको उहाँले बताउनुभयो । महोत्सव स्थल घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिंगौरामा मञ्च र स्टलहरुको निर्माण कार्य भईरहेको उहाँले जानकारी दिनुभयो । यस्तै स्टल बुकिङको काम पनि भईरहेको र ५० प्रतिशत स्टलहरु बुकिङ भईरहेको स्टल निर्माण तथा व्यवस्थापन उपसमितिका संयोजक सीता मल्लले जानकारी दिनुभयो ।

स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उदोगहरुले उत्पादन गरेकावसतुहरुको पहिचान गराई कृषी तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधीहरुको जानकारी सहिचत आन्तरिक एवं बाह्य पवर्धनमा टेवापुर्याउने, महिला उदामशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला स.स्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषीको आधुनिकरणकोलागी कृषी प्रविधीहरुको प्रदर्शनी गर्ने लगायतकासाथ उद्धेश्यकासाथ महोत्सवको आयोजना गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको