Chauthoanga - Nepali News Media
विद्यार्थी कुटपिटको घटनाप्रति अखिल (क्रान्तिकारी) दाङकाे ध्यानाकर्षण

कमिरेचौर - दाङको बंगलालचुली गाउँपालिका वडा नम्बर ५ मा रहेको सुधा माद्यामिक विद्यालय झल्नेटामा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय आउदै गर्दा अपरिचित व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति अखिल (कान्तिकारी) दाङले ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका अध्यक्ष गिरबहादुर महराले विज्ञप्ति निकालेर घटनाको बिराेध गर्दै दाेषी उपर कडा कारबाहीको माग गर्नुभएको छ ।

उक्त घटनाले विद्यार्थीहरुमा डर एवम् आम अभिभावकमा त्रास उत्पन्न भएको उल्लेख गर्दै विज्ञप्तिमा विद्यार्थी माथि आक्रमण गर्ने आपराधिक गिरोहहरुलाई तुरुन्त कार्वाहीको दायरामा ल्याउनका लागि सम्बन्धित पक्ष सँग जोडदार माग गरिएकाे छ ।

साथै घाइते विद्यार्थीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पिडित परिवारलाई उपलब्ध गराउन क्रान्तिकारीले सम्बन्धित पक्षलाई अनुरोध गरेकाे छ ।

received_5631869157397491676095217.jpeg

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको